महेन्द्रनगर, कञ्चनपुर — भिमदत्त नगरपालिकाको मुख्य आयोजनामा तथा नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सुदूरपश्चिम ट्राभल मार्ट २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। तीनदिने कार्यक्रम २०८२ साल जेठ २६, २७ र २८ गते (May 9, 10, 11, 2025) मा महेन्द्रनगरमा सम्पन्न भएको हो।
मार्टमा महेन्द्रनगर तथा आसपासका विभिन्न व्यवसायहरूले आफ्नो स्टल राखेका थिए, जसले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेले। विशेषगरी, भारतीय पर्यटन व्यवसायीहरूको सहभागिताले नेपाल–भारतबीचको स्थानीय पर्यटन प्रवाहलाई सुदृढ बनाउन सहयोग पुगेको आयोजकको विश्वास छ।
यस प्रकारका कार्यक्रमहरूले सीमावर्ती क्षेत्रहरूमा पर्यटनको नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ